Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वलाई कर्माफ्लाइट्सको सहयोग
सामग्री हस्तान्तरण गरिँदै ।

रुकुम पूर्वमा कर्माफ्लाइट्स फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना माहामारी रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग होस् भनेर कास्की पोखराको यो फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको हो । स्थानीय मदन शाहको सहजिकरणमा १० लिटरका २ वटा अक्सिजन कन्सन्टेटर, ८ वटा पिपिई सेट, एन ९५ र सर्जिकल मास्क, १० वटा स्मिटमपोट र २० प्याकेट ग्लोब्स सहयोग भएको हो ।

ति स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी राजकुमार राईलाई हस्तान्तरण गरिएको शाहले जानकारी दिनुभयो । फाउण्डेशनका निर्देशक प्रेमबहादुर कुवर सहितको टोली स्वास्थ्य सामग्री हस्तान्तरणका लागि रुकुमकोट पुगेको थियो । शाह तथा उक्त फाउण्डेशलने आगामी दिनमा पनि सकेको सहयोग र सहकार्य  जारी राख्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी राईले सामग्री सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update