नयाँ युवा नयाँ सोच नेपालको रुकुम पश्चिम इकाई गठन भएको छ । किरण विकको अध्यक्षतामा ११ सदस्यीय इकाइ गठन गरिएको छ । इकाइको उपाध्यक्षमा रमेश मल्ल, सचिव सूर्यप्रकाश शर्मा, सह सचिवमा प्रमिला कठायत र कोषाध्यक्षमा करिष्मा भण्डारी छन् । सदस्यमा दिपक मल्ल, महेन्द्र प्रकाश मल्ल, खिमला केसी, सपना मल्ल, खिमला पुन मगर र माया बोहरा चयन भएका छन् ।
भर्चुल माध्यमबाट भएको छलफलले इकाई गठन गरेको हो । इकाईको सल्लाहकारमा हुकुम विसी, भावना शर्मा र प्रेमकुमार पुन मगर चयन भएका छन् । यसका अलावा इकाइका ७ जना साधारण सदस्य पनि छन् । इकाइले युवा, महिला तथा बालबालिकालाई लक्षित गरी शैक्षिक, बौद्धिक, खेलकुद मनोरञ्जन, वातावरण र सरसफाईको क्षेत्रमा काम गर्ने अध्यक्ष विकले बताउनुभयो । यी क्षेत्रमा रहेर विभिन्न सृजनशिल काम गर्ने योजना बनाइएको विकको भनाई छ ।