Kakhara सबैको खबर सम्पूर्ण खबर
ढुवानी अनुदानमा चामल वितरण
ढुवानी अनुदानकाे चामल किन्दै सर्वसाधारण ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ३ ले वडाबासीका लागि चामल ढुवानी गर्न थालेको छ । कोरोना महामारीका कारण लकडाउन भएको तथा अरु कारणले समस्या वडाबासीलाई समस्या परेको भन्दै वडाले चामल ढुवानीमा सहयोग गरिरहेको हो । वडाध्यक्ष केशरमान विकले सर्वसाधारणलाई नगरपालिकाले चामल ढुवानी गर्न सुरु गरेको जानकारी दिनुभयो ।

ढुवानी अनुदान पाएपछि वडाबासीले ५० प्रतिशत सस्तोमा चामल पाइरहेका छन् । हाल वडाबासीले २५ किलोको एक बोरा चामले एक हजार दुई सयमा पाइरहेका छन् । दाङबाट खरिद गरेर ल्याइएको चामल भाडा विना नै वडाबासीलाई उपलब्ध गराइरहेको वडाध्यक्ष विकले जानकारी दिनुभयो । खदीसम्म चामल ढुवानी गरेको भाडा नगरपालिकाले व्यहोर्ने भएको छ ।

नगरप्रमुख गोर्खबहादुर केसीको निर्देशन अनुसार नै वडामा चामल ढुवानी भैरहेको र वडाबासीलाई दाङकै मूल्यमा चामल उपलब्ध गराइएको वडाध्यक्ष विकको भनाई छ । पहिलो चरणमा ५ सय क्वुइन्टल सोना मन्सुली चामल ल्याउने योजना छ । यसले पनि नपुग्ने अवस्थामा थप चामल ल्याइने वडा कार्यालयले बताएको छ । भाडा सहित उक्त चामल खदिमा किन्दा २५ किलाको एक बोराको मूल्य दुई हजार चार सय मूल्य पर्छ । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update