रुकुम पश्चिममा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्यामा दैनिक कमि आइरहेको छ । पछिल्लो समय जिल्लामा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्यामा कमि आइरहेको हो । अहिले जिल्लामा ३ सय १८ जना सक्रिय संक्रमितहरु रहेका छन् । कुनै बेला १ हजार ३ सम्म संक्रिय संक्रमित रहने गरेकामा हाल भने जिल्लामा सक्रिय संक्रमितहरुको संख्या दैनिक घट्दो क्रममा रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले दैनिक संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।
संक्रिय संक्रमित मध्य अधिकांश होम आईसोलेसनमा रहेका छन् । २ सय ९८ जना होम आईसोलेसनमा र २० जना संस्थागत आईसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । संक्रमित मध्य मुसीकोट नगरपालिकामा ३९ जना, चौरजहारी नगरपालिकामा ५९ जना, आठबीसकोट नगरपालिकामा ८२ जना, बाँफिकोट गाउँपालिकामा २३ जना, सानीभेरी गाउँपालिकामा ६० जना र त्रिवेणि गाउँपालिकामा ५५ जना रहेको उहाँले बताउनुभयो ।
हालसम्म जिल्ला भरमा कुल २१ सय सय ७७ जनामा कोरोना पुष्टि भएकामा १७ सय ६५ जना कोरोना भाइरस मुक्त भइसकेका छन् । भने २७ जनाको मृत्यु भएको छ । पछिल्लो समय दैनिक फेला पर्ने संक्रमित भन्दा निको हुनेहरुको संख्या बढी रहेको फोकल पर्शन रावलको भनाई छ । उहाँका अनुसार अहिले औषतमा ४० जना संक्रमित फेला परिरहेका छन् ।