Kakhara सबैको खबर सम्पूर्ण खबर
मौसमले साथ दिएपछि रुकुम पश्चिममा समयमै धान रोपाई सुरु (फोटो फिचर)

असार ‘मानो रोपेर मुरी उब्जाउने’ महिना हो । यतिबेला किसानहरु हिलोमा रमाईरहेका छन् । यो वर्ष मनसुनले साथ दिएपछि धान रोपाई समयमै सुरु भएको छ । छिट्टै मनसुन सक्रिय भएपछि रुकुम पश्चिममा जेठ अन्तिम तिरबाटै रोपाई सुरु भएको छ । अहिले जिल्लाका धेरै जसो ठाउँमा रोपाई भइरहेको छ । समयमै प्रयाप्त वर्षा भएपछि रोपाई सुरु गर्न सजिलो भएको कृषकहरु बताउँछन् ।

जिल्ला भरमा कोरोना भाइरस महामारीकै विचमा रोपाई सुरु भएको छ । जिल्लामा आकाशे पानीले रोपाईमा असर पार्ने गरेको छ । समयमै वर्षा भयो भने सोही अनुसार छिट्टै रोपाई सुरु हुन्छ भने पानी पर्न ढिला भयो भने ढिलो गरी नै रोपाई सुरु हुन्छ । यो वर्ष भने मौसमले कृषकहरुलाई साथ दिएको छ । जिल्लामा विशेष गरी जेठ अन्तिम तिरबाटै सुरु भएको रोपाई साउन पहिलोसाता सम्म पनि चल्ने गरेको छ । हावापानीका कारण ठाउँ विशेषमा फरक फरक समयमा रोपाई चल्ने गरेको छ । 

फोटोमा हेर्नुहोस् त्रिवेणि गाउँपालिका वडा नं. ९ का विभिन्न ठाउँमा भइरहेको रोपाईः    

 

 

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update