Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पहिलो पटक नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गठन

रुकुम पश्चिममा पहिलो पटक नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गठन गरिएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्यकर्मीहरुको भेलाले बिनोद बिष्टको अध्यक्षतामा १५ सदस्यीय समाज गठन गरेको हो । जसको उपाध्यक्षमा बिश्वेश्वरप्रसाद शर्मा, सचिव ठानबहादुर केसी र कोषाध्यक्षमा कविता बिक रहनुभएको छ । 

सदस्यहरुमा राजेन्द्र केसी, तिलक खड्का, रामबहादुर ओली, दिपेन्द्र बटाला, अमर पुन, बिपना बिसी, धनवहादुर केसी र शंकर साह रौनियार रहनुभएको छ । विश्वकै पुरानो चिकित्सा पद्धतिको रुपमा स्थापित आयुर्वेद संस्थाको बिकास, बिस्तार तथा संरक्षण र आयुर्वेदकर्मीहरुको पेशागत हकहितका लागि समाजको जिल्ला कार्यसमिति गठन गरिएको सचिव ठानबहादुर केसीले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम अन्तरगत आयुर्वेद शाखा प्रमुख डा. मानबहादुर ओलीको उस्थितिमा बसेको बैठकले जिल्लामा पहिलो पटक समाजको जिल्ला कार्यसमिति गठन गरेको हो । बैठक मुसीकोटको ऋतु आयुर्वेद मेडिकल हलमा बसेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update