Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वलाई राप्ती समाज जापानको सहयोग

राप्ती समाज जापानले रुकुम पूर्वलाई एक थान कन्सन्टेटर उपलब्ध गराएको छ । त्यसका संरक्षक विशेश्वर रेग्मीले प्रमुख जिल्ला अधिकारीलाई १० लिटरको एक थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराउनु भएको हो । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सघाउ पुर्याउन भन्दै जापान रहेका राप्तीबासीले सहयोग संकलन गरेको रकमबाट उक्त कन्सन्टेर खरिद गरिएको हो ।

कोरोना महामारी रोकथाम, नियन्त्रणमा सहयोग पुगोस् भनेर सानो भएपनि सहयोग गरिएको रेग्मीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सहयोगका लागि राप्त समाज जापानलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तो असजिलो परिस्थितिमा सहकार्य गरेको र आगाम दिनमा पनि सहकार्यको अपेक्षा गरिएको प्रशासनले जनाएको छ । उक्त कन्सन्टेटर आवश्यक हुने ठाउँमा प्रदान गरिने प्रशासनले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update