रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ८ का ४ घर पहिरो पीडीतलाई राहात वितरण गरिएको छ । लगातारको वर्षाका कारण घरमा पहिरोले क्षति पुर्याएका परिवारलाई राहात वितरण गरिएको हो । जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत ३० के.जि चामल, ८ के.जि दाल, २ लिटर तेल र एक पोका नुन वितरण गरिएको हो ।
वडाका रुपसिङ सार्की, पलसिङ सार्की, रामबहादुर सार्कीलाई उक्त राहात वितरण गरिएको हो । भने कमल सार्कीलाई राहत स्वरुप नगद २ हजार रुपैंया हस्तान्तरण गरिएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिमा ३ घर परिवारको रिपोर्ट गएको हुदाँ कमलको परिवारलाई नगद २ हजार रुपैंया दिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला प्रमुख अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । सबै पीडित परिवालाई आज वडाको धपेमा बोलाएर राहात बितरण गरिएको हो ।