Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यार्थी नेताद्धारा कारागारलाई फिल्टर सहयोग

यहाँका एक विद्यार्थी नेताले कैदी–बन्दीलाई पानी शुद्धिकरण गर्ने फिल्टर सहयोग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमका सह इन्चार्ज तुलबहादुर देवकोटाले कैदी–बन्दीलाई फिल्टर सहयोग गर्नुभएको हो । आफ्नो जन्मदिनको अवसर पारी देवकोटाले जिल्ला कारागारका कैदी–बन्दीलाई २१/२१ लिटर क्षमताका २ वटा फिल्टर सहयोग गर्नुभएको छ । वर्षाको समयमा पानी फोहोर आउने र त्यसको शुद्धिकरणका लागि सहयोग होस् भनेर फिल्टर उपलब्ध गराएको देवकोटाले बताउनुभयो । उहाँले कारागारका चौकीदार छवि बुढालाई फिल्टर हस्तान्तरण गर्नुभएको थियो । 

चौकीदार बुढाले कारागारमा धमिलो पानी आउने र अब फिल्टरले त्यसलाई शुद्धिकरण गर्न सहयोग हुने चौकीदार बुढाले बताउनुभयो । कारागारमा खानेपानीको व्यवस्था भएपनि शुद्धिकरण गर्ने समस्या रहेको थाहा पाएपछि कारागारका कैदी–बन्दीलाई फिल्टर सहयोग गरेको उहाँको भनाई छ । कारागार कार्यालयसँगको समन्वयमा फिल्टर उपलब्ध गराइएको देवकोटाले बताउनुभयो । स्मरण रहोस् देवकोटाले अघिल्लो वर्षको जन्म दिनको अवसरमा कारागारकै पुस्तकालयलाई विभिन्न विषय र विधाका एक दर्जण पुस्तक सहयोग गर्नुभएको थियो । कारागारमा ३ बालबालिका, १३ महिला र १ सय ३० जना पुरुष गरी १ सय ४६ जना कैदी–बन्दी छन् । 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update