Kakhara सबैको खबर सम्पूर्ण खबर
संक्रमितको पोषण र गरीब विपन्नका लागि व्यक्तिगत सहयोग
आइसोलेसनबाट डिस्चार्ज भएकाहरु अन्डा तथा फलफूलका साथमा ।

रुकुम पूर्व भूमे गाउँपालिकाले सञ्चालन गरिरहेको आइसोलेसन अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमितका लागि व्यक्तिगत सहयोग प्राप्त भएको छ । भूमे गाउँपालिका ३, क्याङसी घर भइ हाल अष्ट्रेलिया निवासी फलिता मगरले ६५ हजार नगद सहयोग गर्नुभएको हो ।

उक्त रकमबाट कोरोना आइसोलेसनमा उपचार गरी डिस्चार्ज हुनेहरुलाई अन्डा तथा फलफूल किनेर दिइएको छ । आइसोलेसनमा गाउँपालिकाले अन्डा तथा अरु पोषणयुक्त खाना र खाजा खुवाउने भएपनि घर फर्कदा पाेषणमा थप सहयोग होस भनेर डिस्चार्ज हुनेलाई अण्डा तथा फलफूल प्रदान गरिएको हो । जसमा १० हजार रुपैयाँ खर्च भएको छ ।

बाँकी ५५ हजार रुपैयाँ क्याङसी गाउँका गरीब तथा विपन्न परिवारलाई खाद्यान्न तथा नुन, तेल खरिद गरी सहयोग गरिने जनाइएको छ । सिनियर अहेब तिलक रोका मगरका अनुसार क्याङसीका अगुवासँग खाद्यान्न तथा नुन,तेल वितरण गरेर पनि नगद बचेपछि मठ,मन्दिर मर्मतमा खर्च गर्ने सल्लाह भएको छ । कोरोना महामारीका बेला आफूले पनि थोरै सहयोग गर्न पाउँ भनेर गाउँकै छोरी–चेलीले उक्त नगद सहयोग गरेको रोकाले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update