Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडियो पूर्वी रुकुमको आफ्नै भवन
निर्माणाधिन रेडियो पूर्वी रुकुमको भवन ।

रुकुम पूर्वको रुकुमकोटबाट प्रशारणमा रहेको रेडियो पूर्वी रुकुम एफ.एम.१०३.२ मेगाहर्जले आफ्नै भवन निर्माण गर्न लागेको छ । सिस्ने गाउँपालिका ५, काजिन्द्रामा रेडियोको भवन निर्माण कार्य सुरु भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको अनुदानबाट रेडियोको भवन निर्माण थालिएको हो ।

३५ लाख बजेटबाट रेडियोसम्म पुग्ने सडक निर्माण, घडेरी व्यवस्थापन र भवन निर्माणको काम सुरु गरिएको रेडियो सञ्चालक संस्था पूर्वी रुकुम बहुद्देश्यिय समाज विकास केन्द्रका अध्यक्ष लालबहादुर विसी 'प्रभात'ले जानकारी दिनुभयो । यो बजेटबाट पहिलो तलाको काम हुने उहाँले बताउनुभयो । जम्मा बजेटको केही बजेट सडक निर्माण र घडेरी निर्माणमा खर्च जनाइएको छ ।

आगामी असोज महिनासम्म आफ्नै भवनबाट प्रशारण गर्ने योजना सहित भवन निर्माणको काम भइरहेको अध्यक्ष 'प्रभात'ले बताउनुभयो । पहिलो तलामा ८ कोठा बन्ने र त्यो पूरा हुन वित्तिकै रेडियो आफ्नै भवनबाट प्रशारण हुने अध्यक्ष 'प्रभात'ले जानकारी दिनुभयो । २ वर्ष अघि २०७६ जेठ १५ देखि गणतन्त्र दिवशको अवसर पारी यो रेडियो प्रशारणमा गएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update