Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले स्तनपान कक्ष संचालनमा ल्याएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई अवसर पारी प्रशासनले मंसिर १४ गते देखि कार्यालय हाता भित्र स्तनपान कक्ष संचालनमा ल्याएको हो । कार्यालयमा सेवा लिन आउने स्तनपान गराउने महिलाहरूको सुविधालाई मध्यनजर गरी कार्यालय भवनभित्र स्तनपान कक्ष सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

स्तनपान कक्ष संचालनमा आएपछि अव स्तनपान गराउन सजिलो हुनुका साथै गोपनियता कायम हुने विश्वास गरिएको छ । स्तनपान कक्षमा स्तनपान गराउने महिलाले मात्रै नभई सेवा लिन आउने गर्भवती तथा अशक्त महिलाले समेत अप्ठ्यारो महशुस भएमा आराम गर्न सक्ने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।

स्तनपान कक्षमा सुत्न मिल्ने बेड, सोफा, टि–टेवल तथा कुर्सिको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update