Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट पेश (पूर्णपाठ सहित)
नीति, कार्यक्रम तथा बजेट पेश गर्दै उपाध्यक्ष ओली ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिमा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पेश भएको छ । उपाध्यक्ष इन्दिरा ओलीले गाउँ सभामा आगमी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेश गर्नुभएको हो । उपाध्यक्ष ओलीले गाउँ सभामा ४८ करोड ६३ लाख ६८ हजार अनुमानित बजेट पेश गर्नुभएको छ ।

विभिन्न १४ वटा शीर्षमा गाउँपालिकाको आम्दानी हुने र खर्च पनि त्यसकै आधारमा हुने भन्दै अनुमानित बजेट पेश गर्नुभएको छ । तीनै तहका सरकारको बजेट, प्राकृतिक स्रोत र साधन मानवीय उर्जा शक्तिलाई गाउँ विकास निर्माणमा आवधिक योजना र मध्यकालिन खर्च संरचनाले परिकल्पना गरे बमोजिम प्राथमकिता दिने क्रममा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, मानव तथा शंसाधन विकासमा गत वर्षकै निरन्तरता दिँदै नीति, कार्यक्रम तय गरिएको छ ।

आगामी वर्षका लागि कोभिड–१९, का विरुद्ध नागरिकको सुरक्षा र भोकका विरुद्ध खाद्य सुरक्षाको लागि आर्थिक विकास क्षेत्रको कृषि, पशुजन्य उद्योगबाट रोजगार सृजना गरी आर्थिक क्रियाकलाप बृद्धि गर्ने योजनाहरु प्राथमिकतामा परेका छन् । प्रदेश सरकारसँग साझेदारी गरी सडक, सिचाई, उर्जा, पर्यटन, सञ्चार, भवन तथा सहरी विकास,वन, वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेट ल्याइएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update