Kakhara सबैको खबर सम्पूर्ण खबर
यस्ता छन् सानीभेरीका लक्षित समुदायका कार्यक्रम र बजेट
सानीभेरी गाउँपालिकाको तर्फबाट सहिद परिवारलाई सम्मान गर्दै उपाध्यक्ष इन्दिरा ओली

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध तथा जनआन्दोलनका सहिद, घाइते, बेपत्ता परिवारको सम्मान, संरक्षण र सम्बर्द्धन गर्ने गरी नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । मंगलबार उपाध्यक्ष इन्दिरा ओलीले गाउँ सभामा पेश गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेटमा जनयुद्ध तथा जनआन्दोलनका सहिद, घाइते, अपांग र बेपत्ता परिवारका लागि सिपमूलक तालिम, कृषिजन्य आयआर्जन गर्न आर्थिक सहयोग गरिने छ ।

सहिदको सम्झनामा सम्झनामा हासिवाङमा मध्यपहाडी लोकमार्गमा सहिद गेट तथा गीताचौरमा फिल्ड निर्माण गर्न १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । बालमैत्री गाउँपालिका घोषणा, बालबालिकालाई वार्षिक भत्ता, बाल संरक्षण लगायतका शीर्षकमा २१ लाख १० हजार बजेट विनियोजन भएको छ ।

सामाजिक, लैङ्गिक हिंसा निवारण तथा पुनस्थापना कोष स्थापना, टोल तथा वडामा महिला समूह, समिति र सहकारी स्थापना गरी पिछडिएका महिलालाई प्रबद्र्धन, सिपमूलक तालिम, उपाध्यक्ष उद्यमशिलता सिपमूलक व्यवसाय कार्यक्रम मार्फत रोजगारी सृजना लगायतका सम्पूर्ण गतिविधिका लागि २८ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।

युवा तथा खेलकुद विकासको लागि खेलकुद मैदान, सिपमूलक तालिम, रोजगार, स्वरोजगारका लागि कार्यक्रम बनाइएको छ । बेलटापुमा पालिका स्तरीय रंगशाला निर्माण, हरेक वडामा वडा स्तरीय खेलकुद मैदान निर्माण तथा खेलकुद सामग्री खरिदका लागि ५० लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । जनजातिको धर्म, संस्कृतिको संरक्षण, प्रबर्द्धन, भाषा, संस्कार र पहिचानका लागि ११ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

दलित विकास र प्रद्र्धन कार्यक्रमका लागि १३ लाख १० हजार बजेट विनियोजन गरिएको छ । यसबाट दलित समुदायको उत्थान, प्रर्बद्धन, बाजा संरक्षण गरिने छ ।  जेष्ठ नागरिक तथा अपांगता व्यक्तिहरुको संरक्षण र सम्मान का लागि ८ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ । जेष्ठ नागरिकको सम्मान, अपांगता परिचय पत्र वितरण, शिविर सञ्चालन लगायतमा पनि यो बजेट खर्चिने जनाइएको छ । 

सानीभेरीका ‘अनाथ टुहुरा’ बालबालिकालाई मासिक २ हजार भत्ता


 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update