Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेसको कोभिड अनुगमन समितिद्धारा कन्सन्टेटर सहयोग

नेपाली कांग्रेसको कोभिड संक्रमण नियन्त्रण तथा अनुगमन समितिले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकालाई अक्सिजन कन्सन्टेटर सहयोग गरेको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुर्याउन एक वटा १० लिटरको कन्सन्टेटर र मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको पहल र समन्वयमा उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको हो । नेपाली कांग्रेसको केन्द्रीय समिति पठाएको उक्त सामग्री गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी र अहेव विवेक बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसका नेता हर्कसिंह खत्री, जेके बाँठा मगर लगायतले उक्त कन्सन्टेटर तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको कोभिड संक्रमण नियन्त्रण तथा अनुगमम समिति रुकुम पश्चिमका सूचना सयोजक तारकप्रतिभा केसीले जानकारी दिनुभयो । कन्सन्टेर लगायतका स्वास्थ्य सामग्री बुझेपछि गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले आवश्यक्ता र समस्याका बेला सबै एक भएर लाग्नुपर्छ भन्ने सन्देश गएको बताउनुभयो । स्वास्थ्य सामग्री सहयोगका लागि उहाँले कांग्रेस पार्टी र त्यसका पहलकर्तालाई धन्यवाद दिनुभएको छ ।  

 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update