Kakhara सबैको खबर सम्पूर्ण खबर
यी हुन्, मुसीकोट नगरपालिकाका प्रमुख प्राथमिकता  (पूर्णपाठ सहित)
नीति तथा कार्यक्रम पेश गर्नुहुदै नगरप्रमुख गाैतम ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले विभिन्न क्षेत्रलाई प्रमुख प्राथमिकता तोकेर नीति तथा कार्यक्रम ल्याएको छ । नवौं नगर सभामा नगरप्रमुख देविलाल गौतमले आर्थिक वर्ष २०७८/०७९ का लागि विभिन्न क्षेत्रलाई प्रमुख प्राथमिकता तोकिएको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । नगर सभामा पेश भएको नीति तथा कार्यक्रममा आर्थिक समृद्धि र सामाजिक रुपान्तरण अन्तर्गत उत्पादन वृद्धि, उत्पादित बस्तुको बजारीकरण र प्रशोधनका कार्यक्रमहरु हुनेछन् भनेर उल्लेख गरिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारी सृजनाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिकाले प्राथमिकता निर्धारण गरेको छ ।

नीति तथा कार्यक्रमको १० औं बुँदामा ‘आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख प्राथमिकता आर्थिक समृद्धि र सामाजिक रुपान्तरण अन्तर्गत उत्पादन वृद्धि, उत्पादित बस्तुको बजारीकरण र प्रशोधनका कार्यक्रमहरु हुनेछन भने शिक्षा स्वास्थ्य र रोजगारी सृजनाका लागि विशेष कार्यक्रम संचालन गरिनेछ’ भनेर उल्लेख गरिएको छ । नगरपालिकाले भू–उपयोग नीति, कृषि नीति, पशु सेवा नीति, उद्योग तथा वाणिज्य नीति,सहकारी र वित्तिय नीति, राजश्व नीति, पर्यटन तथा संस्कृति विकास नीति निर्माण गरेको छ ।

शिक्षा नीति, युवा तथा खेलकुद नीति, स्वास्थ्य नीति,आयुर्वेद नीति, महिला नीति, बालबालिका नीति, अशक्त तथा अपांगता नीति, जेष्ठ नागरिक नीति, दलित नीति, आदिवासी जनजाती नीति, द्धन्दपीडित तथा सहिद परिवार नीति, गैर सरकारी संघ, संस्था नीति तय गरेर नगर सभामा पेश गरिएको छ । 

यसै गरी पूर्वाधार विकास नीति, भोलुङ्गे पुल नीति, सडक नीति, खानेपानी नीति, सिचाई नीति, भवन नीति, विद्युतिकरण नीति, वन तथा वातावरण नीति, फोहोर मैला व्यवस्थापन नीति, विपद् व्यवस्थापन नीति, मानव संशाधन नीति, सार्वजनिक सेवा प्रवाह नीति, संस्थागत क्षमता विकास नीति, सामाजिक सुरक्षा तथा पञ्जिकरण नीति, सूचना सञ्चार तथा अभिलेख व्यवस्थापन नीति र कानून मामिला तथा न्याय नीति निर्माण गरेर नगर सभामा पेश गरिएको छ । हरेक नीति तथा कार्यक्रपिच्छे नगरपालिकाले विशेष खालको नारा समेत तय गरेको छ । नगर सभामा पेश भएको नीति तथा कार्यक्रम असार मसान्तसम्म सभाबाट पारी भइसक्नु पर्ने प्रावधान छ । 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update