Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटका कृषकलाई दैनिक पाँच लिटर दुध उत्पादन गरे बार्षिक ५ हजार प्रोत्साहन 
नगर प्रमुख देविलाल गाैतम ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले दुध उत्पादक कृषकहरुलाई प्रोत्साहन दिने गरी नीति कार्यक्रम ल्याएको छ । आज नवौं नगर सभामा नगर प्रमुख देविलाल गौतमले प्रस्तुत गरेको नीति, कार्यक्रममा दैनिक ५ लिटरसम्म दुध उत्पादन गर्ने कृषकहरुलाई बार्षिक ५ हजार रुपैंया प्रोत्साहन दिने उल्लेख छ ।

“पौरखी हातहरुलाई सरकारको साथ” कार्यक्रम संचालन गरी नगर क्षेत्रमा कम्तिमा प्रतिदिन ५ लिटर दुध उत्पादन गरेर संगठित संस्था, उद्योग वा सहकारीमा बिक्रि गरेको रेकर्डका आधारमा कृषकहरुलाई प्रोत्साहन दिईने नीति कार्यक्रममा उल्लेख छ । कृषकको हात, स्थानीय सरकारको साथ कार्यक्रम संचालन गरी दुध उत्पादनलाई बृद्धि गरी दुग्ध उद्योग संचालन गर्न दुग्ध प्रवद्र्धन कार्यक्रममा जोड दिने, गाई, भैंसी खरिदमा अनुदानको व्यवस्था मिलाईने भएको छ ।
 
त्यस्तै नगरपालिकाले दुधमा अनुदान दिने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ । नगरपालिकाले कर्णाली प्रदेश सरकारसंगको साझेदारीमा प्रतिलिटर ५ रुपैंया अनुदान दिने नीति अंगिकार गरेको हो । नगरपालिकाका उत्कृष्ट कृषकहरुलाई “नगर प्रमुख उत्कृष्ट कषृक पुरस्कार” प्रदान गरिने छ । नगरपालिकाले “आली देखि थाली सम्म, गोठ देखि ओठ सम्म” भन्ने नारालाई आत्मसात गर्दै कम्तिमा २ रोपनी जग्गामा व्यवसायीक तरकारी खेती, फलफुल र उन्नत जाजको वीउ उब्जाउने कृषकलाई एकमुष्ट अनुदान÷प्रोत्साहन दिने कार्यक्रम संचालन गर्ने भएको छ । 

कृषि उत्पादनलाई बढाई समूह तथा सहकारी मार्फत पत्यक्ष बजारसंग जोडि स्वरोजगार सृजना गर्ने योजना नीति, कार्यक्रममा उल्लेख गरेको छ । नगर प्रमुख कृषि प्रोत्साहन कार्यक्रमलाई पनि नीति कार्यक्रममा समावेश गरिएको छ ।   
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update