Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट नगरपालिकाको बजेट झण्डै ८० करोड 
बजेट पेश गर्दै उप प्रमुख प्रेमकुमारी सुनार ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि झण्डै ८० करोड बजेट बिनियोजन गरेको छ । आज नगर उप–प्रमुख प्रेमकुमारी सुनारले नगर सभामा ७९ करोड ५७ लाख ५७ हजार बराबरको बजेट पेश गर्नुभएको हो । कुल विनियोजित बजेट मध्य चालु तर्फ ४६ करोड ८७ लाख ७२ हजार रहेको छ । जुन कुल बजेटको ५८.९० प्रतिशत हो ।

त्यस्तै पुँजीगत तर्फ ३२ करोड ६९ लाख ८५ हजार रहेको छ । पुँजीगत बजेट कुल बजेटको ४१.१० प्रतिशत हो । नगरपालिकाले विभिन्न स्रोतलाई आधार मानेर बजेट ल्याएको छ । कुल बजेट मध्य संघीय वित्तिय सामानिकरण अनुदान १२ करोड ३५ लाख, संघीय सर्शत अनुदान ४० करोड ७२ लाख २५ हजार, संघीय राजश्व बाँडफाँड ८ करोड ८५ लाख र संघीय समपुरक अनुदान १ करोड ३८ लाख रहेको छ । 

त्यस्तै प्रदेश समानिकरण अनुदान १ करोड ३३ लाख ४४ हजार, प्रदेश राजश्व वाँडफाँड ९ लाख २० हजार, प्रदेश विशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुदान २ करोड ५ लाख, प्रदेश सर्शत अनुदान ३ करोड ६७ लाख ७० हजार, नगरपालिकाको आन्तरिक आय ३ करोड समेतलाई समेटेर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । त्यस्तै चालु आर्थिक वर्ष २०७७/०७८ मा खर्च नभई मौज्दात रहने ३ करोड बजेट पनि आगामी आर्थिक वर्षमा खर्च गर्ने भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update