Kakhara सबैको खबर सम्पूर्ण खबर
के के विशेषता छन् त, सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा (पूर्णपाठ सहित)
नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष बराल ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन भित्रै रहेर गाउँपालिकाले असार १० गते गाउँ सभामा नीति तथा कार्यक्रम पेश गरेको छ । अध्यक्ष कुमारी बरालले १९ पेज लामो नीति तथा कार्यक्रम गाउँ सभामा पेश गर्नुभएको छ । गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रममा विभिन्न लोकिप्रिय कार्यक्रम समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा ‘नो होम डेलीभरी’ वडा घोषणा, विपन्न घरपरिवारको खरको छानो छानो फेर्ने कार्यक्रम उल्लेख छ । जनयुद्ध, जनआन्दोलनका सहिद परिवार, घाइते, अपांग र बेपत्ताका परिवारलाई पञ्जिकरण तथा अरु सबै किसिमका सिफारिसमा शतप्रतिशत छुट दिइने छ । यसका लागि सम्बन्धित व्यक्तिले पहिचान खुल्ने परिचय पत्र भने देखाउनुपर्ने छ ।

सिस्ने गाउँपालिकाको ३ नम्बर वडालाई नो होम डेलीभेरी वडा घोषणा गर्ने कार्यक्रम छ भने गाउँपालिकाका ३ सय ९ खरका छाना हटाएर जस्ताको छाना पनि आगामी आर्थिक वर्षमा गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको छ । जनयुद्धका सहिद परिवारका लागि सहकारीको शेयर खरिद गर्ने र सहकारीमा आवद्ध बनाई आय आर्जनमा सघाउने, एक घण्टाको पैदल दुरीमा स्वास्थ्य इकाई स्थापना गर्ने गरी नीति तथा कार्यक्रममा उल्लेख छ ।

किसानलाई विना धितो व्यवसायीक ऋण प्रदान गर्ने तथा कृषि सम्बन्धीका उपकरण खरिदमा छुट प्रदान गर्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम तय गरेको छ । महको ‘ब्राण्डिङ’ गर्न ल्याब स्थापना, छिपखोलामा कम्युन नमूना कृषि खेती रुकुमकोटमा नमूना तरकारी खेती र स्यालापाखामा स्मार्ट कृषि कार्यक्रम लागु गर्ने गरी नीति, कार्यक्रम ल्याइएको छ ।

एक गाउँ, एक पारिवारीक खेती, निःशुल्क कृषि बीमा गर्ने कार्यक्रम पनि नीतिमा उल्लेख गरिएको छ । विद्यालयहरुमा अनिवार्य ५० वटा फलफूलका विरुवा रोप्ने र हुर्काउने, एक घरमा अनिवार्य रुपमा १२ फलफूलका विरुवा रोप्ने र हुर्काउने, सहर तथा बजार क्षेत्रमा घर हुनेले अनिवार्य दुई वटा विरुवा लगाउनुपर्ने नीति तथा कार्यक्रम तय गरिएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update