Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटले गर्यो ८५ करोड बजेट विनियोजन (पूर्णपाठ सहित) 
बजेट प्रस्तुत गर्दै उप प्रमुख गीता नेपाली ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले ८५ करोड बढीको बजेट ल्याएको छ । नगर उप–प्रमुख गीता नेपालीले बिहिबार आगामी आर्थीक वर्ष २०७८/०७९ का लागि ८५ करोड २० लाख ६२ हजार २ सय ४० रुपैंया बराबरको बजेट नगर सभामा पेश गर्नुभयो । चालु तर्फ ३९ करोड ७४ लाख ७२ हजार रहेको छ । यो  कुल बजेटको ४६.४५ प्रतिशत हो । त्यस्तै पुँजीगत तर्फ ४५ करोड ४५ लाख ९० हजार २ सय ४० रुपैंया रहेको छ ।

यो ५३.३५ प्रतिशत हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा खर्च हुन नसकेको ३ करोड ८५ लाख आगामी आर्थिक वर्षमा खर्च गर्ने भएको छ । यसका अलावा संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट ११ करोड ३४ लाख, संघीय सःशर्त अनुदानबाट चालु २२ करोड ७७ लाख, संघीय सःशर्त अनुदानबाट पुँजीगत १ करोड १९ लाख, संघीय सरकार राजश्व वाँडफाँटबाट ११ करोड २६ लाख ९९ हजार, संघीय समपूरक अनुदानबाट १ करोड ३९ लाख, संघीय विशेष अनुदानबाट १ करोड ६६ लाख, संघीय सरकारबाट अन्य अनुदान मार्फत १३ करोड प्राप्त हुने नगरपालिकाले जनाएको छ । 

त्यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड २१ लाख ७७ हजार, प्रदेश राजश्व वाँडफाँट १६ लाख ८६ हजार २ सय ४०, प्रदेश सरकार सःशर्त अनुदान २ करोड १५ लाख, प्रदेश सरकार समपूरक अनुदान १ करोड ५० लाख र प्रदेश सरकार विशेष अनुदान ७० लाख र प्रदेश सरकारबाट अन्य अनुदान १३ करोड प्राप्त हुने नगरपालिकाले प्रक्षेपण गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update