रुकुम पूर्वको भूमे गाउँपालिकाका कृषकहरुलाई बयर बोका वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाले ८० प्रतिशत अनुदानमा बयर बोका वितरण गरेको हो ।
गाउँपालिकाको प्रजनन् बोका बितरण कार्यक्रमबाट १८ जना बाख्रा पालक कृषकहरुलाई ५० प्रतिशत क्रस बयर बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कम्तिमा २५ ओटा भेडा÷बाख्रा पाल्ने किसानहरुलाई प्रजनन नश्ल सुधारका लागि बोका बितरण गरिएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख नारायण ओलीले जानकारी दिनुभयो ।
गाउपालिका पशु सेवा शाखामा दर्ता भएका र अहिलेसम्म कुनै पनि सरकारी अनुदान नलिएका व्यवसायीक बाख्रा पालन फर्म र समुह लाई ८० प्रतिशत अनुदानमा बोका बितरण गरिको उहाँले बताउनुभयो । त्रिबेणी गाउपालिबाट खरिद गरि लगिएका अष्ट्रेलियन बोयर जातका क्रस बोका गाउँपालिका अध्यक्ष रामसुर बुढा र उपाध्यक्ष मनकुमारी बुढा बिष्टले वितरण गर्नुभएको हो ।
गाउपालिकामा रहेका स्थानीय जातका बाख्राहरुमा नश्नल सुधार गरि उन्नत नश्लका बाख्रा उत्पादन गर्न बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यसबाट गाउपालिकालाई मासुमा आत्म निर्भर बनाउने र किसानको आयआर्जनमा सुधार गर्ने लक्ष राखिएको छ । २८ हजार देखि ४० हजार मुल्यका बोका किसानले पाएका हुन ।