Kakhara सबैको खबर सम्पूर्ण खबर
खाजाका लागि शिक्षक, कर्मचारीलाई दैनिक २५ रुपैयाँ
नगरप्रमुख विशाल शर्मा ।

यहाँको एक स्थानीय तहले खाजाका लागि कर्मचारीलाई दैनिक रकम उपब्ध गराउने भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले साउन १ गतेदेखि लागु हुने गरी खाजा खर्च स्वरुप कर्मचारीलाई हरेक दिन २५ रुपैयाँ उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा यो उल्लेख गरिएको छ । असार ९ गते नगर सभामा नगरप्रमुख विशाल शर्माले पेश गरेको नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको छ ।

राष्ट्रसेवक, शिक्षक कर्मचारीको मनोबल उच्च राख्न एवं कार्य सम्पादन स्तर बढाउन रुजु हाँजिरी विवरणका आधारमा खाजा खर्च वापत दैनिक २५ रुपैयाँ उपलब्ध गराउने भनिएको छ । नगरपालिका तथा नगरपालिका अन्तर्गतका निकायमा कार्यरत शिक्षक, कर्मचारीहरुको श्रम कानून बमोजिम न्यूनतम मासिक पारीश्रमिक १५ हजार कायम गरिएको छ ।

सिर्जनशिलतालाई प्रोत्साहन, उत्कृष्टतालाई पुरुस्कार र खराबलाई दण्डको मान्यता अनुसार उत्कृष्ट कार्य सम्पादन गर्ने राष्ट्रसेवक शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरुलाई पुरुस्कृत गर्ने नीति पनि अख्तियार गर्ने उल्लेख छ । यसैगरी नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी, गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update