Kakhara सबैको खबर सम्पूर्ण खबर
सगरमाथा आरोही अमिनलाई नापी कार्यालयको सम्मान 

नापी कार्यालय रुकुम पश्चिमले सगरमाथा आरोही अमिन युवराज धिताललाई सम्मान गरेको छ । आज कार्यालयमा बोलाएर कार्यालयले सम्मान पत्र र दोसल्लाले धिताललाई सम्मान गरेको हो । जिल्ला आएको मौका पारेर धिताललाई सम्मान गरिएको नापी कार्यालयका निमित्त प्रमुख दिपक खड्काले जानकारी दिनुभयो ।

सगरमाथा आरोहण गरेर जिल्ला तथा समग्र निजामति कर्मचारीको नाम राख्न सफल भएकाले उहाँलाई सम्मान गरिएको खड्काले बताउनुभयो । रुकुमको बाँफिकोट गाउँपालिका घर भई नापी कार्यालय दाङको लमहीमा अमिन पदमा कार्यरत धितालले गत जेठ १७ गते सगरमाथाको आरोहण गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update