कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमकाे पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्रीहरु गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
४० लिटरको एउटा अक्सिजन सिलिण्डर, १० लिटरको एउटा अक्सिजन कन्सन्ट्रेटर, ५० थान एन नाइन्टी फाइभ मास्क, १२ सय ५० पिस सर्जिकल मास्क, २५ थान पिपिइ सेट, ५० थान डिस्पोजल पिपिइ सेट, १ सय थान ग्लोब्स र ५० पिस फेश शिल्ड गाउँपालिकालाई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष हरिबाेल भारतिले जानकारी दिनुभयो ।
आज गाउँपालिकामा पुगेर उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला युवा समितिका अध्यक्ष भिमराज ओली, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष हरिबोल भारती, उपाध्यक्ष प्रजित बुढा, नेकपा एमालेका जिल्ला सदस्य अमर ओली लगायत युवाहरुले सामग्री हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती लगायतले सामग्री ग्रहण गर्नुभएको थियाे । स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यक्रम अन्तरगत आज त्रिवेणि गाउँपालिकालाई सामग्री उपलब्ध गराईएको ओलीले बताउनुभयो ।