रुकुम पूर्वको भूमे गाउँपालिकाका किसानल निश्चित बाली उत्पादन र विक्री गरी ५० प्रतिशत प्रोत्साहन रकम पाउने भएका छन् । लोपोन्मुख बाली उत्पादन र विक्री गर्ने किसानलाई विक्री मूल्यको ५० प्रतिशत प्रोत्साहन रकम दिने गरी नीति तथा कार्यक्रम बनाएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रममा किसानलाई ५० प्रतिशत प्रोत्साहन रकम दिने उल्लेख छ ।
गाउँपालिका अध्यक्ष तथा गाउँ सभा अध्यक्ष रामसुर बुढा मगरले पेश गरेको नीति तथा कार्यक्रममा स्थानीय उत्पादनलाई प्रबद्र्धन तथा संरक्षण गर्न, कोदो, फापर, कागुनो, चिनो र कालो धान जस्ता बाली उत्पादनपछि संकलन केन्द्र मार्फत खरिद विक्री गरेपछि मूल्यको ५० प्रतिशत प्रोत्साहन अनुदान दिने कार्यक्रम राखिएको छ ।
नीति तथा कार्यक्रममा वडामा कृषि पहिचान कार्यक्रम, खाबाङमा सहकारी बजार सञ्चालन, पछि परेका बर्ग केन्द्रीत कृषि कार्यक्रम मार्फत शतप्रतिशत अनुदान, कृषि उपजलाई वडा तथा सहकारी मार्फत खरिदको व्यवस्था गर्ने पनि उल्लेख छ । कृषि अनुसन्धान केन्द्रमा सिचाई, विद्युत र इन्टरनेट जडान, घरघरमा करेसाबारी कृषक रोजगारी, अर्गानिक उत्पादन भूमेको पहिचान जस्ता नारालाई सार्थक बनाउन कृषि तथा पशुपंक्षीतर्फ २० बढी नीति तथा कार्यक्रम तय गरिएको अध्यक्ष बुढाले बताउनुभयो ।