Kakhara सबैको खबर सम्पूर्ण खबर
‘रुकुम पश्चिमका ६ स्थानीय तह सगरमाथाकाे चुचुराेमा’  
स्थानीय तहका व्यानरका साथ सगरमाथामा धिताल ।

रुकुम पश्चिमका ६ वटा स्थानीय तहको नामांकित ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याईएको छ । युवा आरोही युवराज धितालले जिल्लाका ६ वटै स्थानीय तहको नाम लेखिएको ब्यानर सगरमाथाको चुचुरोमा पुर्याउनुभएको हो । 

जिल्लाप्रतिको मायालाई आत्मसाथ गर्दै तीन नगरपालिका र तीन गाउँपालिकाको नाम लेखिएका ब्यानर सगरमाथाको चुचुरोमा पुर्याएको धितालले बताउनुभयो । गत जेठ १७ गते आफुसंगै सबै स्थानीय तहका नाम लेखिएका छुट्टा छुट्टै ब्यानर सगरमाथामा पुर्याएको उहाँले जानकारी दिनुभयाे । 

जिल्लालाई चिनाउनका लागि आफुले जिल्लाका स्थानीय तहको नाम लेखिएका ब्यानर लिएर सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो । सिंगो जिल्लाको प्रतिनिधित्वका लागि यसो गरिएको उहाँले बताउनुभयो । ‘म एक्लै भन्दा पनि सिंगो जिल्लाको प्रतिनिधित्व गर्न चाहेको थिए, उहाँले भन्नुभयो–त्यसैका लागि जिल्लाका सबै स्थानीय तहको नामांकित ब्यानर सगरमाथामा पुर्याएको हुँ ।’

धितालले जिल्लामा पुगेर उक्त ब्यानर सगरमाथाको चुचुरोमा पुर्याएको फोटाहरु स्थानीय तहलाई हस्तान्तरण गरिरहनुभएको छ । बाँफिकोट गाउँपालिका, मुसीकोट नगरपालिका तथा आठबीसकोट नगरपालिकामा फोटाे प्रदान गरिएको र अन्य स्थानीय  तहलाई पनि छिट्टै प्रदान गर्ने तयारी छ ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update