रुकम पूर्वको सिस्ने गाउँपालिकाको प्रशासनिक भवन निर्माणको क्रममा छ । ५ नम्बर वडामा गाउँपालिकाको भवन निर्माण सुरु गरिएको छ । स्थानीय तहको निर्वाचनको झण्डै ४ वर्षपछि गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण थालिएको हो । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट गाउँपालिकाको प्रशासनिक भवन निर्माण थालिएको हो । गाउँपालिका आफैले यसका लागि बजेटको व्यवस्थापन गरेको छ । २०७९ फागुन १० गते भित्रै भवन निर्माण गरिसक्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएकाे छ ।
दिवा–यती–नायग्रा जेभीले भवन निर्माणको जिम्मा लिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभयो । ४ करोड १७ लाख, ९१ हजार, ८ सय ९१ रुपैयाँमा भवन निर्माण गर्ने गरी सम्झौता भएको छ । तीन तलाको यो भवनमा ४१ कोठा हुनेछन् । सिस्ने गाउँपालिका र त्यस मातहतका सम्पूर्ण कार्यालय एकै ठाउँबाट सञ्चालन गर्ने गरी भवन निर्माण थालिएको गाउँ कार्यपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष कुमारी बरालले सेवा प्रवाहको सहजताका लागि पनि भवन निर्माण थालिएको जानकारी दिनुभयाे । सुरुको सरकार भएका कारण केही वर्ष अरु व्यवस्थापन र निर्माणका जुटिएकाले चालु वर्षदेखि प्रशासनिक भवन निर्माणका लागेको अध्यक्ष बरालको भनाई छ । भवन निर्माणका लागि प्रदेश र संघ सरकारसँग समेत माग गरिएको छ । हाल गाउ“पालिकाले सभा हललाई कार्यालय प्रयोजनका लागि प्रयोग गरिरहेको छ । भवन निर्माण भइसकेपछि सेवा प्रवाह गर्न र सेवा लिन पनि सहज हुने अध्यक्ष बरालले बताउनुभयो ।