Kakhara सबैको खबर सम्पूर्ण खबर
सांसद नेतृत्वमा वृक्षा रोपन दिवश

रुकुम पूर्व सिस्ने गाउँपालिका ५, मा वृक्षा रोपन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तेजबहादुर ओली नेतृत्वमा वृक्षा रोपन कार्यक्रम गरिएको हो । सोही वडाको शिवशक्ति सामुदायिक वनमा राष्ट्रिय वृक्षा रोपन दिशको अवसरमा वृक्षा रोपन गरिएको हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोग वन उपभोक्ता समितिको सहजिकरणमा वृक्षा रोपन कार्यक्रम भएको हो ।

कार्यक्रममा संविधान सभा सदस्य जुनकुमारी रोका लगायत सरोकारवाला व्यक्तिहरुको सहभागिता थियो । डिभिजन वन कार्यालयको सहयोगमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिले दुई हेक्टर बढी क्षेत्रफलमा विरुवा लगाउँदै छ । यसको सुरुवात पनि गरिएको छ । वनमा विभिन्न प्रजातिको विरुवा रोप्ने योजना रहेको समितिका अध्यक्ष तुलबहादुर खड्काले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update