Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीका ९ जिल्लामा भोली धान दिवसको सार्वजनिक बिदा 

कर्णाली प्रदेश सरकारले भोली असार १५ गते प्रदेशका ९ वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले धान दिवसको अवसरमा जुम्ला बाहेक अन्य ९ वटा जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषदको गत वैशाख १७ गतेको निर्णय अनुसार सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिईएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । सरकारले हरेक वर्ष असार १५ लाई धान दिवसका रुपमा मनाउने गरेको छ । असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा लिने गरिन्छ । धान उत्पादनका हिशावले असार महत्वपूर्ण महिना हो । 

 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update