Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगाले ल्यायो रोजगार शिक्षा, स्वास्थ्य र खेलकुदमा नयाँ कार्यक्रम
गाउँ सभामा सहभागिहरु ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले रोजगार, शिक्षा, खेलकुद, स्वास्थ्यमा नयाँ कार्यक्रम ल्याएको छ । सहिद स्मृत रोजगार कार्यक्रम, सहिद स्मृति शैक्षिक विकास कार्यक्रम, सहिद स्मृति युवा प्रतिभा तथा खेलकुद कार्यक्रम, सहिद स्मृति शैक्षिक स्मारिका कार्यक्रम र सहिद स्मृति स्वास्थ्य कार्यक्रम मार्फत गाउँपालिकाको विकास निर्माणलाई प्राथामिकता दिइएको छ ।

उपाध्यक्ष ओमकुमारी शाही मल्लले  प्रस्तुत गर्नुभएको आगामि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा रोजगार, शिक्षा, स्वास्थ्य र खेलकुदमा नयाँ कार्यक्रम ल्याइएको हो । सहिद स्मृति रोजागार कार्यक्रममार्फत कोरोना संक्रमणका कारण रोजगार गुमाएका समुदायलाई गाउँपालिकाले रोजगार दिने छ । उक्त कार्यक्रम मार्फत विकास निर्माणमा टेवा पुग्नुको साथै रोजगारको अवसर आउने नीति कार्यक्रममा उल्लेख छ । त्यस्तै सहिद स्मृति शैक्षिक कार्यक्रम अन्तरगत गाउँपालिकामा शिक्षा क्षेत्रमा लगानी बढाउँदै सबै बालबालिकालाई शिक्षाको क्षेत्रमा पुर्याइने ।  

युवाहरुको क्षमता विकास गर्दै खेलकुद क्षेत्रको विकास गर्न सहिद स्मृति युवा प्रतिभा विकास तथा खेलकुद कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । कोरोनाको समयमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने, गाउँपालिकाबासीलाई भरपर्दो स्वास्थ्यको पहुँचमा पुर्याउन सहिद स्मृति स्वास्थ्य कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको जनाइएको छ । यस्तै कोरोना संक्रमणका कारण ज्यान गुमाएकाका परिवारलाई प्रतिव्यक्ति २५ हजारका दरमा राहत उपलव्ध गराईने भएको छ । गर्भवती सुत्केरी महिला तथा विपन्न परिवारका व्यक्तिका लागि निशुल्क एम्बुलेस सेवा उपलब्ध गराईने नीति तथा कार्यक्रम माउल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update