त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै
ढिलाेगरी नीति, कार्यक्रम र बजेट ल्याउदै ।
रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउन लागेको छ । आज गाउँसभामा आगामी आर्थिक वर्ष २०७८ ०७९ का लागि नीति, कार्यक्रम र बजेट पेश हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले नीति, कार्यक्रम र उपाध्यक्ष निर्मला बिष्टले बजेट गाउँसभामा पेश गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । निर्धारित समय भन्दा केहि ढिलो गरी गाउँपालिकाले नीति, कार्यक्रम र बजेट ल्याउन लागेको हो । छलफल नपुगेको भन्दै गाउँपालिकाले निर्धारित असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट ल्याउन सकेको थिएन् ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८ ०६:२१
प्रतिक्रिया दिनुहोस्