Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
छैठाैं गाउँसभामा बजेट पेश गर्दै गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४४ कराेड बढीको बजेट ल्याएको छ । आज छैठौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्टले आगामी आर्थिक वर्षका लागि ४४ करोड २४ लाख ९३ हजार बजेट पेश गर्नुभयो । कुल बजेट मध्य चालु तर्फ ३२ करोड ८९ लाख ९३ हजार पाँच सय रहेको छ । यो कुल बजेटको ७४.३५ प्रतिशत हो । पुँजीगत तर्फ भने कुल बजेटको २५.६५ प्रतिशत अर्थात ११ करोड ३४ लाख ९९ हजार ५५ मात्र रहेको छ । गाउँपालिकाले विभिन्न स्रोतबाट प्राप्त हुने बजेटलाई आगामी आर्थिक वर्षका लागि विभिन्न शिर्षकमा विनियोजन गरेको हो । 

१ करोड बजेट आन्तरिक राजश्वबाट प्राप्त हुने अनुमान गरिएको छ  । संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट ९ करोड, संघीय सशर्त अनुदानबाट २२ करोड ३९ लाख १४ हजार प्राप्त हुने बजेट बक्तव्यमा उल्लेख छ । शसर्त अनुदानबाट प्राप्त हुने कुल बजेट मध्य १ करोड ९ लाख समपूरक र २ करोड ८५ लाख विशेष तर्फ रहेको छ । त्यस्तै संघीय सरकार राजश्व बाँडफाँडबाट ६ करोड ६५ लाख बजेट प्राप्त हुने गाउँपालिकाको अनुमान छ । 

प्रदेश सरकार सशर्त अनुदानबाट ३ करोड ५४ लाख ४७ हजार प्राप्त हुनेमा १ करोड ७० लाख समपूरक र विशेष तर्फ ६० लाख रहेको छ । प्रदेश सरकार राजश्व बाँडफाँडबाट ४ लाख ११ हजार प्राप्त हुने अनुमान छ । यसका साथै चालु आर्थिक वर्ष २०७७/०७८ मा खर्च हुन नसकेको ६९ लाख बजेट पनि गाउँपालिकाले आगामी आर्थिक वर्षमा खर्च गर्ने भएको छ ।   

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update