Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रहरीले बिद्यार्थीलाई यसरी कुट्यो (भिडिओ सहित)
बिद्यार्थीमाथि लाठी प्रहार गर्दै प्रहरी ।

रुकुम पश्चिममा प्रहरीले बिद्यार्थीमाथि निर्मम लाठी प्रहार गरेको छ । जिल्ला सदरमुकाम मुसीकोटमा केन्द्रीय कार्यक्रम अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका बिद्यार्थीलाई प्रहरीले निर्मम रुपमा कुटेको छ । प्रहरीको लाठी प्रहारबाट ५ जना बिद्यार्थी घाईते भएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका ४ र विप्लव नेतृत्वको नेकपाको अखिल क्रान्तिकारीका १ जना घाईते भएका हुन् ।

घाईते हुनेमा माओवादीको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मा, जिल्ला अध्यक्ष सुशिल बिष्ट, नारायण केसी र बिशाल बिष्ट रहनुभएको छ । भने नेकपाको अखिल क्रान्तिकारीका सोमपाल कामी पनि घाईते हुनुभएको छ । 

शान्तिपूर्ण अवस्था हुँदा हुँदै प्रहरीले आक्रमण गर्योः शर्मा
शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका बेला प्रहरीले निर्मम रुपमा कुटपिट गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्माले बताउनुभयो । पुत्ला दहन गरेर फर्किन लागेको बेलामा प्रहरीले एक्कासी आक्रमण गरेको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा आएको प्रहरी टोलीले आफुहरु माथि लाठी चार्ज गरेको उहाँले बताउनुभयो । केन्द्रीय कार्यक्रम हो, हामीले शान्तिपूर्ण रुपमा बिरोध जनाएका हौं भन्दा भन्दै प्रहरीले लाठी चार्ज गरेको उहाँको आरोप छ ।

सामान्य हो ठूलो केहि भएको छैन्ः प्रहरी 
तर प्रहरीले भने खासै ठुलो घटना नभएको प्रतिक्रिया दिएको छ । स्वयं प्रहरी निरीक्षक शाहीले अवस्थालाई नियन्त्रणमा लिने क्रममा सामान्य चर्काचर्की भएपनि ठुलो घटना नभएको बताउनुभयो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले पनि सामान्य घटना भएको प्रतिक्रिया दिनुभयो । पुत्ला दहन गर्ने बेला प्रहरीले त्यसाे गर्न नदिने क्रममा सामान्य बल प्रयोग गर्नुपरेको उहाँको भनाई छ । 

यसरी कुट्यो प्रहरीले भिडिओ हेर्नुहोस् 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update