Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा निषेधाज्ञा लम्बियो तर, खुकुलो

रुकुम पूर्वमा लगाइएको निषेधाज्ञा लम्ब्याइएको छ । तर केही खुकुलो पनि पारीएको छ । जिल्ला कोभिड १९, व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले असार २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाइएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाका समय १७ गते राति १२ बजे सकिएको थियो । तर यसलाई खुकुलो पनि पारीएको छ । 

जिल्लाभित्र शुक्रबारदेखि नै सार्वजनिक यातायात चलेका छन् । सवारी साधन भित्र रहेका सिट क्षमताको आधा यात्रु बोक्ने र स्वास्थ्य सुरक्षामा सम्पूर्ण मापदण्ड पालना गरेर सार्वजनिक यातायातका साधन चलाइएको हो । जिल्ला बाहिर जाने हकमा भने जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य गरिएको छ । व्युटी,पार्लर, हेयर शैलुन, विद्यालय, ट्युशन सेन्टर, विद्यालय कलेज, बाहेक अरु अन्य पसल तथा व्यवसाय सञ्चालन भएका छन् ।

सवारी साधन मर्मत गर्ने वर्कसप २४ सै घण्टा सञ्चालन भएका छन् । रेष्टुरेन्ट र बार बाहेक चिया, खाजा पसल दिउँसो २ बजे सम्म सञ्चालन गर्न दिइएको छ । विहे तथा मृत्यु कर्मका लागि २५ जना भन्दा बढी जम्मा नहुने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । नियमित पूजाआराधाना बाहेक सम्पूर्ण धार्मिक कार्यक्रम बन्द, भेला, सम्मेलन, खेलकुद कार्यक्रम भने सञ्चालन गर्न पाइने छैन । कोरोना महामारीको अवस्था हेरेर २५ गते राति थप निर्णय गर्ने प्रजिअ राईले बताउनुभयो । जिल्लामा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा सुरु गरिएको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update