रुकुम पूर्व रुकुमकोट स्थित कमल दह सरसफाईको पाँचौ हप्ता पुगेको छ । यो शनिबार सहित स्वःतस्फूर्त कमलदह सरसफाईको पाँचौ हप्ता पुगेको हो । यो शनिबार कमलदहको सरसफाईका साथै विभिन्न प्रजातिका विरुवा लगाइएको छ । ३ सय बोट कागती, बर, पिपल र अभोकार्डोको विरुवा लगाइएको कमलदह सफाई अभियानका अभियान्ता मदन शाहले जानकारी दिनुभयो ।
यो शनिबार विभिन्न पेशा, व्यवसायमा आवद्ध झण्डै व्यक्तिहरु स्वःतस्फूर्त कमलदहको सफाई तथा विरुवा रोपनमा जुटेका थिए । सिस्ने गाउँपालिका ५, मा रहेको कमलदहमा फोहोर बढ्दै गएको भन्दै यसको सफाई अभियान चलाइएको हो । सकारात्मक सोच र सहकार्यका लागि युवा समूह नाम दिइएको उक्त अभियानले कमलदहलाई सुन्दर राख्ने र घुम्न, हेर्न लायक बनाउने भन्दै सफाई गर्दै आएको छ । कमलदह परिसरमा सरसफाई गर्ने तथा बोट विरुवा लायर संरक्षण समेत गर्ने बताइएको छ ।