Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकाेटमा २ विद्यार्थी संगठनकाे मसाल जुलुस

संसद विघटनको विरोधमा रुकुम पश्चिमका २ विद्यार्थी संगठनले मसाल जुलुस निकालेका छन् । २ विद्यार्थी संगठनले आज साँझ मुसीकोट नगरपालिकाको खलंगामा मसाल जुलुस निकालेका हुन् । केन्द्रीय कार्यक्रम अनुसार नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी र नेकपा एमाले नेपाल निकटको अनेरास्ववियुले मुसीकोट खलंगामा संयुक्त रुपमा मसाल जुलुस निकालेको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज तुल देवकोटाले बताउनुभयो ।

जुलुसमा सहभागिहरुले सरकारका विरुद्धमा विभिन्न नारावाजी गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले देशव्यापी विरोधका कार्यक्रम गर्दै आएका छन् । त्यस्तै स्थानीय प्रहरी, प्रशासनका विरुद्ध पनि नारावाजी गरेका थिए । असार १६ गते केन्द्रिय कार्यक्रम अनुसार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने कार्यक्रममा प्रहरीले दमन गर्दै बिद्यार्थी नेताहरु माथी कुटपिट गरेको थियो । उक्त कुटपिटको विरुद्धमा पनि बिद्यार्थी संगठनहरुले नारावाजी गरेका हुन् ।   

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update