रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले २४ गतेपछि भुक्तानी नहुने भन्दै भुक्तानीका लागि ताकेता गरेको छ । एक सूचना जारी गरी नगरपालिकाले चार दिन भित्र भुक्तानीका लागि आउन आग्रह गरेको हाे । रोजगार कार्यक्रम मुख्य मन्त्री रोजगार कार्यक्रम, संघ र प्रदेशको सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदानमा कार्यान्वयन भइरहेका योजनाको भुक्तानीका लागि नगरपालिकाले ताकेता गरेको हो ।
वडा अध्यक्ष, वडा सचिव, वडामा तथा नगरमा कार्यरत प्राविधिकहरु, योजना कार्यान्वयनमा जिम्मेवार शाखा, उपशाखा, नगर तथा वडास्तरिय अनुगमन समितिहरु, रोजगार सेवा केन्द्र लगायतलाई भुक्तानीका लागि ताकेता गरिएको छ । सम्बन्धित सबै जिम्मेवार निकायहरु, उपभोक्ता समिति, निर्माण व्यवसायी सबै चार दिनको अवधीमा गुणात्मक रुपमा क्रियाशिल भइ भुक्तानीका लागि अनुरोध गरिएको छ ।
यो विषय कर्मचारीहरुको कार्यसम्पादन मूल्याकंनसँग समेत सम्बन्धित रहेको हुँदा छिटो छरितो गुणस्तरिय काम गराई तोकिएको समयभित्रै भुक्तानीको लागि फाईल पेश गर्न हरसम्भव प्रयास गर्न भनिएको छ । यदी यही समय सिमा भित्र काम हुन नसकेमा भुक्तानी नहुने जानकारी समेत गराइएकाे छ । यस अघि पनि पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरिएकाे भन्दै यस पटक भने समयमै नआए भुक्तानी नहुने नगरपालिकाले जनाएकाे छ ।