Kakhara सबैको खबर सम्पूर्ण खबर
खदीका घाइतेलाई नेपालगञ्ज लगियो
नेपालगञ्ज स्थित नर्सिङ होममा उपचाररत गोपाल र राज विक ।

खदीका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । तारा एयरको विमान मार्फत आइतबार दिउँसो दुई घाइतेलाई नेपालगञ्ज लगिएको हो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, खदीमा शुक्रबार बेलुकी केही व्यक्तिहरुले गोपाल विक र राजु विकमाथी खुकुरी हानेका थिए । टाउकामा खुकुरीको गम्भिर घाउ लागेको दुवैलाई शनिबार बेलुका जिल्ला अस्पताल ल्याइएको थियो ।

जिल्ला अस्पतालले थप उपचारको खाँचो रहको भन्दै नेपालगञ्ज रिफर गरेपछि उनिहरुलाई नेपालगञ्ज लगिएको हो । एक लाख २० हजार मा जहाज चार्टर गरेर नेपालगञ्ज पुर्याइएका दुवैको नेपालगञ्ज स्थित नर्सिङ होममा उपचार सुरु भएको छ । खुकुरी हानेको आशंकमा गोपालसिङ बोहरा र दले बुढालाई प्रहरीले पक्रेको छ । उनिहरु सहित अन्य १२ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले खदी तलिगाउँबासीले नै उनिहरुमाथी आक्रमण गरेको बताउनुभयो । तलिगाउँको घोडालाई माथि गाउँबासीले सञ्चालन गरिरहेको ट्याकटरले छोएको थियो । त्यसपछि दुवैपक्षबीच छलफल भइ घोडावालाई क्षेतीपूर्ति दिने सहमती भएको थियो ।

सहमति भइसकेपनि तलिगाउँबासीले माथिगाउँका युवामाथी एक्कासी आक्रमण गरेको पाइएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । दुवै पक्षबीच सहमति भएर फेरि ढुङ्गा बोकेर फर्कने क्रममा एक्कासी आक्रमण भएको अहिलेसम्मको अध्ययनले देखिएको उहाँले बताउनुभयो 
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update