Kakhara सबैको खबर सम्पूर्ण खबर
मापसे गरेर कार्यालय आउने मुसीकोट कृषि शाखामा कार्यरत बाबु, छोरा पक्राउ  

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको कृषि शाखा प्रमुख सहित २ जना कर्मचारी पक्राउ परेका छन् । मापसे गरेर कार्यालयमा हाँजिर भएको र सेवाग्राहीसंग अमर्यादित व्यवहार गरेको भन्दै नगर प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको हो । 

पक्राउ पर्नेमा कृषि शाखा प्रमुख प्रेमवहादुर खत्री र कृषि जेटिए सागर खत्री रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । उनिहरु बाबु छोरा हुन् । प्रेमबहादुर अधिकृत छैटौं हुन् भने छोरा सागर प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा करारमा कार्यरत कृषि जेटिए हुन् । 

उनिहरुले लगातार मापसे गरेर कार्यालयमा आउने र सेवा प्रवाहमा ध्यान नदिने, सेवाग्राहीसंग अवशब्द बोल्ने जस्ता अमर्यादित व्यवहार देखाउने गरेको गुनासो आएपछि नगर प्रहरी मार्फत प्रक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । 

उहाँका अनुसार उनिहरु मध्य बुवा प्रेमवहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने छोरा सागरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरु माथी मुद्धा चलाउने वा के गर्ने भनेर भोली थाहा हुने प्रहरीले जनाएको छ ।   
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update