Kakhara सबैको खबर सम्पूर्ण खबर
साढे १७ हजार बढी विरुवा वितरण
विरुवा वितरण गर्नुहुँदै वडा सदस्य धनबहादुर खड्का ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १०, मा विभिन्न प्रजातिका फलफूल तथा घाँसका विरुवा वितरण गरिएको छ । वडा कार्यालयले वडाका ३ सय ३३ घरधुरीमा कागती, अमिलो, टिमुर र डालेघाँस खन्यु वितरण गरेको हो । सबै गरी १६ हजार ६ सय ५० विरुवा वडाभर वितरण गरिएको वडाध्यक्ष गोपेश्वर केसीले जानकारी दिनुभयो । 

वडाध्यक्ष केसीका अनुसार थप एक हजार ५ सय विरुवा पनि वितरण गरिएको छ । सबै गरी १७ हजार ६ सय ५० विरुवा वितरण गरिएकाे छ । नौलो हजार दिनका आमाहरुलाई स्थानीय जातको सुन कागती १ हजार बोट र ५ सय बोट सुन्तला पनि वडा कार्यालयले सहयोग गरेको छ । वडाले हरेक वर्ष वडामा विभिन्न फलफूलका विरुवाका साथै विभिन्न प्रजातिका घाँस वितरण गर्दै आएको छ । 

माटो सुहाउँदो फलफूल र पशुपालनका लागि घाँस वितरण गर्ने गरेको वडाध्यक्ष केसीले बताउनुभयो । विगतका वर्षमा लगाइएका फलफूल र घाँस भनेजसरी नै सप्रेको जनाइएको छ । यसबाट किसान समेत उत्साहित छन् । चालु आर्थिक वर्षकाे कार्यक्रम र बजेटबाट विरुवा वितरण गरिएकाे हाे । 
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update