Kakhara सबैको खबर सम्पूर्ण खबर
५ दिन विजुली बन्द !

रुकुम पश्चिमका विभिन्न क्षेत्रमा आजदेखि ५ दिनसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । विहान ७ बजे देखि बेलुका ६ बजेसम्मका लागि विजुली बन्द हुने जनाइएको छ । आज विहान ७ बजेदेखि २५ गतेको बेलुका ६ बजेसम्म विजुली बन्द हुने नेपाल विद्युत प्राधिकरणको रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । एक सूचना जारी गरी विद्युत लाइन मर्मत र सुधारका लागि विजुली बन्द गरिएको केन्द्र प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो ।

सल्यानको शितलपाटीदेखि रुकुम पश्चिमको मुसीकोट नगरपालिका ३, को धैरेनीचौर स्थित सव स्टेशनसम्म विद्युत सप्लाईका लागि लाइन मर्मत तथा सुधार गर्नुपर्ने भएको हो । ३३ केभी क्षेमताको विद्युत सप्लाईका लागि लाइन मर्मत र सुधार गर्नुपर्ने भएको जनाइएको छ । विशेष गरी बैरागीठाँटी, झुल्नेटा, पेउघा,सिम्रुतु लगायत क्षेत्रको विद्युत आपुर्ति बन्द गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update