Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीका तीन वडा सिल

चौरजहारी नगरपालिकाका तीन वडामा निषेधाज्ञा जारी गरिएको छ । १०, ११ र १२ नम्बर वडा शुक्रबार विहान ७ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना संक्रमण थप फैलन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । पछिल्लो पटक त्यस क्षेत्रमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । निषेधाज्ञाको क्रममा घर बाहिर ननिस्कन भनिएको छ ।

अत्यावश्यकिय बाहेकका सवारी नचलाउन, पसल नखोल्न भनिएको छ । कोरोना संक्रमण थप नफैलियोस् भनेर स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाइएको प्रजिअ गैह्रेले बताउनुभयो । यस अवधिमा संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेशनमा बस्न तथा उनिहरुको संम्पर्कमा गएकाहरु क्वारेन्टाइनमा बस्न तथा पिसिआर परीक्षणका लागि समेत भनिएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update