रुकुम पूर्व सिस्ने गाउँपालिकाको आफ्नै गेष्ट हाउस निर्माण भइरहेको छ । ५ नम्बर वडा स्थित गाउँपालिका भवन निर्माण भइरहेको ठाउँ नजिकै गेष्ट हाउस निर्माणको क्रममा छ । गेष्ट हाउस निर्माणको लगभग अन्तिममा पुगेको छ । बालारुपी निर्माण सेवा घोरोही दाङले गेष्ट हाउस निर्माणको काम गरिरहेको हो ।
भ्याट सहित १ करोड ४६ लाख ६ सय १४ रुपैयाँमा गेष्ट हाउस निर्माणको काम चलिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभयो । जनप्रतिनिधि, कर्मचारी तथा पाहुनाका लागि भनेर गाउँपालिकाले गेष्ट हाउस निर्माण थालेको थियो । आर्थिक वर्ष २०७६/०७७ बाट उक्त भवन निर्माणको काम थालिएको थियो । ३ तीन तलाको उक्त गेष्ट हाउस ११ कोठाको छ । आगामी भदौ महिना भित्रै सक्ने गरी निर्माण कम्पनीले गाउँपालिकासित सम्झौता गरेको छ ।