म्याराथनका बारेमा त सबैले सुन्नुभएको होला । यो विश्व प्रख्यात पनि छ । यसका विभिन्न प्रकारहरु छन् । कति म्याराथन समथर भुभागमा दौडाईन्छ । कति उकालो, ओरोलामा दौडाइन्छ । यसलाई साहसिक मानिन्छ । किन भने धावकहरुले विभिन्न अफ्ट्याराहरुको सामना गर्नुपर्छ ।
धेरै उचाइमा जानुपर्ने भएका कारण लेक लाग्ने लगायतका समस्या धावकहरुले ब्यहोर्नुपर्छ । तर गुरिल्ला म्याराथनका बारेमा भने धेरैलाइ थाहा नहोला । म्याराथनका बारेमा सुनेका तर त्यसमा गुरिल्ला भन्ने शब्द थपिएपछि सबैलाई नौलो लाग्नु स्वभाविक हो । यो उकालो, आरोलामा दौडाइने अन्य म्याराथन जस्तै हो । तर यसलाई नामाकरण मात्र गुरिल्लाका नाममा गरिएको हो ।
तत्कालिन माओवादी लडाकु अर्थात गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा यहाँ केहि वर्ष देखि म्याराथन संचालन भइरहेको छ । साहसिक खेल म्याराथनका माध्यमबाट युद्ध पर्यटनको विकास लागि भूमेको भूमिमा तीन वर्ष देखि म्याराथन संचालन भइरहेको छ । यसको तेस्रो संस्करण मंगलबार सम्पन्न भएको छ ।
गाउँ पालिकाको सहयोगमा भूमे युवा विकास केन्द्रले म्याराथन संचालन गर्ने गरेको छ । म्याराथनलाई यो पटक कोरोना भाइरसले केहि असर गरेको आयोजक बताउँछ । सभागितामा हिशावमा केहि संख्या कोरोना भाइरसले घटाएको आयोजक भूमे युवा विकास केन्द्रका संयोजक सुनिल रोकाले बताउनुभयो ।
५२ किलोमिटर म्याराथनको पुरुष तर्फ भूमे गाउँपालिका २ का हिमाल बुढामगर प्रथम हुँदा महिला तर्फ प्युठानकी हुमी बुढा पहिलो हुनुभएको छ ।