Kakhara सबैको खबर सम्पूर्ण खबर
१४ वर्षपछि फाइनलमा भिड्दै ब्राजिल र अर्जेन्टिना 

कोपा अमेरिकाको फाइनलमा आयोजक ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन् । आज बिहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले फाइनल प्रवेश गर्दै ब्राजिल संगको भेट पक्का गरेको हो । ब्राजिल भने यसअघि नै पहिलो सेमिफाइनलमा पेरुलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको थियो ।

फाईनल खेल १० जुलाई अर्थात असार २६ गते हुने छ । ब्राजिलले यसअघि आफ्नो देशमा भएको सबै कोपा अमेरिकाको उपाधि जितेको छ । ९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिना भने सन् २ वर्ष अघि ब्राजिलमै भएको कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिल संग पराजित भएको थियो ।

अर्जेन्टिनालाई उक्त हारको बदला लिने अवसर पनि छ । यि दुइ टिम सन् २००७ पछि फाइनलमा भिड्न लागेका हुन् । त्यसबेला पनि ब्राजिलले फाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो । 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update