Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा नेपाल टेलिकमको ल्याण्डलाईन फोन र इन्टरनेट सेवा अवरुद्ध
ट्रकले ठक्कर दिदा भाँचिएकाे पाेल ।

रुकुम पश्चिमको चौरजहारीमा नेपाल टेलिकमको ल्याण्डलाईन फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार बेलुकी देखि चौरजहारी उपत्यकामा नेपाल टेलिकमको ल्याण्डलाइन फोन सेवा र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो । वडा नम्बर १ को पिपलबोट नजिकै तार र पोलमा क्षेति पुग्दा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल दुरसञ्चार कार्यालय जाजरकोटले जनाएको छ । चौरजहारीमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा जाजरकोटले प्रवाह गरिरहेको छ । 

कार्यालयका अनुसार ट्रकको ठक्करबाट पोल भाँचिएको छ । भने तारहरु चुँडेका छन् । दुरसञ्चार कार्यालय जाजरकोटका जुनियर टेक्निसियन पदम मल्लले क्षेतिको अवस्था हेर्न भोली टेलिकमको टोली चौरजहारी आउने जानकारी दिनुभयाे । त्यसपछि मात्र सेवा सुचारु हुन कति समय लाग्छ भनेर भन्न सकिने उहाँको भनाई छ । तर सेवाग्राहीले भने टेलिकमको लापरवाहीका कारण अवरुद्ध भएको लामो समयसम्म पनि सेवा सुचारु नभएको गुनासो गरेका छन् । चौरजहारीमा नेपाल टेलिकमका १ सय ६८ ग्राहक रहेका छन् ।  
 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update