Kakhara सबैको खबर सम्पूर्ण खबर
सुमुना-सुमन अक्षय काेष पुरस्कारमा सम्पादक खड्का छनाैट
सम्पादक खड्का ।

एमपिसी मिडिया प्रालीद्धारा सञ्चालित कखरा डटकमका सम्पादक मनिष खड्का पुरस्कृत हुने भएका छन् । राप्ती साहित्य परिषद् रुकुम पश्चिमको १४ औं बार्षिकोत्सवको अवसरमा सम्पादक खड्कालाई पुरस्कृत एवं सम्मान गरिने भएको हो । परिषद्मा स्थापना गरिएको सुमुना–सुमन साहित्य अक्षय कोष २०७८ बाट साहित्य, कला र संस्कृतिमा पत्रकारिताको क्षेत्रबाट विशेष योगदान पुर्याएको भन्दै पुरस्कृत तथा सम्मान गर्न लागिएको हो ।

असार २६ गते मुसीकोट नगरपालिका ५, स्थित यमुनानन्द नमूना माविमा हुने कार्यक्रममा खड्कालाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम तय भएको सुमुना–सुमन अक्षय कोषका संस्थापक मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो । साथै सोही कार्यक्रममा साहित्यकार नदिराम केसी पनि पुरस्कृत तथा सम्मानित हुनुहुने छ । साहित्यमाला पुरस्कार २०७८ बाट भाषा, साहित्यको क्षेत्रबाट साहित्य, कला र संस्कृतिमा विशेष योगदान पुर्याए वापत केसीलाई सम्मान गर्न लागिएको राप्ती साहित्य परिषद्ले जनाएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update