Kakhara सबैको खबर सम्पूर्ण खबर
सम्पादक खड्का पुरस्कृत
सम्मान तथा पुरस्कार ग्रहण गर्दै सम्पादक खड्का ।

कखरा डटकमका सम्पादक मनिष खड्का पुरस्कृत भएका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वर्षे अधिवेशनको गाउँ सभाबाट सम्पादक खड्कालाई पुरस्कृत गरिएको हो । गाउँपालिकाको समस्या पहिचान, समस्या समाधान, नीति निर्माण र विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै गाउँपालिकाले सम्पादक खड्कालाई पुरस्कृत तथा सम्मान गरेको हो ।

नगद, सम्मान पत्र र दोसल्ला ओढाएर गाउँपालिका अध्यक्ष नरबहादुर पुनले खड्का र रेडियो मौराखाराका समाचार सम्पादक केशर पुन मगरलाई पुरस्कृत तथा सम्मान गर्नुभएको हाे । रेडियाे माैराखारा सिम्लीबाट प्रशारण भइरहेकाे छ । यही सन्दर्भमा गाउँपालिकाले विभिन्न क्षेत्रबाट गाउँपालिकालाई योगदान पूर्याएका संघ, संस्था तथा व्यक्तिहरुलई पनि पुरस्कृत तथा सम्मान गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update