Kakhara सबैको खबर सम्पूर्ण खबर
युद्ध स्थलमा वृक्षा रोपन

रुकुम पूर्व रुकुमकोट स्थित युद्ध स्थलमा वृक्षा रोपन गरिएको छ । सिस्ने गाउँपालिका ५, मा रहेको युद्ध स्थलमा युवा विकास केन्द्र सिस्नेले शनिबार विहान वृक्षा रोपन गरेको हो । तत्कालिन नेकपा माओवादीले सेनाले प्रहरी चौकी आक्रमण गरेको ठाउँमा वृक्षा रोपन गरिएको हो । विभिन्न प्रजातिका फलफूल तथा सजवाटका विरुवा रोपिएको युवा विकास केन्द्रका सचिव रेवन खड्काले जानकारी दिनुभयो ।

युद्ध स्थललाई तारारबा गरिएको छ । त्यहाँ प्रवेशका लागि प्रदेशद्धार निर्माण गरिएको छ । युद्ध स्थल संरक्षणको काम भइरहेका बेला त्यसमा विरुवा रोपेर अरु व्यवस्थित गर्ने योजना अनुसार विरुवा रोपिएको सचिव खड्काले बताउनुभयो । यस अघि पनि युवा विकास केन्द्रले उक्त ठाउँमा विभिन्न जानकारीमूलक बोर्डहरु राखेको छ । हाल सिस्ने गाउँपालिका रहेको ठाउँ भन्दा माथि नेपाली सेनाको व्यारेक नजिकै यो क्षेत्र रहेको छ । 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update