Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनमा स्वास्थ्य सामग्री सहयोग
स्ट्रेचर हस्तान्तरण गर्नुहुँदै डाक्टर भुजेल ।

यहाँ कार्यरत एक डाक्टरले फरक तरिकाले जन्मदिन मनाएका छन् । जिल्ला अस्पताल रुकुम पश्चिममा कार्यरत डाक्टर राजकुमार भुजेलले आकष्मिक रुपमा प्रयोगमा आउने स्वास्थ्य सामग्री सहयाेग गरेर जन्मदिन मनाउनु भएकाे हाे । उहाँले त्रिवेणि गाउँपालिका ९ को चौतारा युवा क्लवलाई दुई स्ट्रेचर सहित अरु स्वास्थ्यका सामग्री सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा अरु भन्दा ग्रामिण भेगका नागरिकलाई सहयोग होस भनेर केही स्वास्थ्य सामग्री सहयोग गरेको डाक्टर भुजेलले बताउनुभयो ।

मुख्य सडकसम्म विरामी ल्याउन सघाउ पुगोस भन्ने उद्देश्यले स्ट्रेचर लगायतका सामग्री सहयोग गरेको डाक्टर भुजेलले बताउनुभयो । स्वास्थ्य सामग्री बुझ्दै क्लवका अध्यक्ष मोहन चन्दले जन्म दिनको अवसरमा डाक्टर भुजेलले जन्म दिनको अवसरमा २० हजार बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिनुभयो । 

गाउँका विभिन्न वस्तिमा हुने विरामी चोटपटक लागेका, गर्भवतीलाई सडकसम्म ल्याउन स्ट्रेचरले महत्वपूर्ण सहयोग हुने अध्यक्ष चन्दले बताउनुभयो । हेर्दा सामान्य जस्तो भएपनि यो सहयोग गाउँका लागि ठूलो भएको चन्दको भनाई छ । वर्षायाममा झन सडक अवरुध्द हुने भएकाले स्ट्रेचर अँझ महत्वपूर्ण भएको अध्यक्ष चन्दले बताउनुभयो । जिल्ला अस्पतालमै एक कार्यक्रमकाबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update